हेटौंडा उपमहानगरपालिका १९ को अनुगमन
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयले सञ्चालन गरेको कार्यक्रमहरुको अनुगमन तथा निरिक्षण गरिएको छ । वडा कार्यालयको सहयोगमा निर्मित धार्मिक पर्यटकीय क्षेत्र उमा–महेश्वर ज्योर्तिलिङ्ग तपोवनधाम, गुम्बाहरु, सडकहरु, बाख्रापालन लगायतको अनुगमन गरिएको हो ।
वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’ले चालुआर्थिक बर्षमा वडा कार्यालयमार्फत ६० लाख ५० हजार रुपैंया लागतमा १२ वटा एक हजार आठ सय ७९ मिटर सडक निर्माण गरिएको बताए । उनका अनुसार कुवापानी/सोलापानी सडकका लागि ६ लाख र पन्ध्र सोला–ज्यामिरे सडक दश लाख रुपैंया लागतमा निर्माण गरिएको छ ।
चालुआर्थिक बर्ष २०७५/७६ को हेटौंडा उपमहानगरपालिका १९ को बजेट करिब एक करोड ३७ लाख रुपैंया रहेको जनाईएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमार्फत् ज्यामिरे र नेवारपानीमा स्वास्थ्य चौकी निर्माण तथा पन्ध्रसोला–शेरशेर–कैलाश सडक, ज्यामिरे–गुम्बाडाँडा सडक, डुम्बोर–कुवापानी सडक, लेखपानी–डुम्बोर–नकौली–भैरवडाँडा खानेपानी आयोजना, ज्यामिरे र बाँसघारीमा पक्की पुल, डिपुडाँडामा विश्राम स्थलसहितको सार्वजनिक शौचालय निर्माण वडा कार्यालयको आगामी आर्थिक बर्षको प्राथमिकतामा रहेको वडा अध्यक्ष सुवेदीले बताए । उनका अनुसार ती सडकहरु र खानेपानी आयोजना निर्माणमा केन्द्रीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था छ ।
अनुगमनमा वडा अध्यक्ष सुवेदी, वडा सदस्यहरु शान्ति बिक, ईन्दिरा तामाङ, बागसिं स्याङ्तान, पूर्णबहादुर भ्लोन, वडा सचिव बसन्त सिटौला, ईन्जिनियर बिनोद चौलागाई लगायतको सहभागिता रहेको थियो ।