यस्ता छन् सरकारका नीति तथा कार्यक्रम

गुगलपाटी संवाददाता  काठमाडौं
२० बैशाख २०७६ ११:२१

 सरकारले आगामी वर्षमा दोहारो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ ।

यस्ता छन् नीति तथा कार्यक्रमहरु :

  • एक प्रदेश वा एक स्थानीय तहले विकासका असल अभ्यास अर्को प्रदेश वा स्थानीयले अवलम्बन गर्ने उत्पेरित गरिने छ।
  • आगामी आर्थिक वर्षबाट २५ वर्षे दLर्घकालिन सोच सहित पन्ध्रौं योजना लागू गर्ने घोषणा।
  • आगामी चार वर्षमै दोहोरो अंक -१० प्रतिशत भन्दा माथी) को आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा।
  • ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न।
  • आगामी वर्ष पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने।
  • पाँच लाख रोजगारी सिर्जना गर्ने।
  • जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने। लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल विन्दु सेवा केन्द्र (एकद्वार निकाय) बल्ल गठन भएको छ।
  • उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ।
  • आगामी वर्ष सात वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना।
  • सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रुपमा विकास गरिने।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ। हाल २१ घण्टा मात्रै सञ्चालनमा छ।
  • नदी किनारका जमिन, राजमार्गका सडक किनारा, खेतवारीका काल्लामा फलफुल खेतीलाई प्रोत्साहन गरिने। विद्यालय वा विश्वविद्यालयका जमिन पनि प्रयोग लगानइने।
  • आगामी वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरिने ।
  • सहकारीलाई उद्यमशिलता विकास र कृषिको आधुनिकिकरणमा परिचालन गरिने । सहकारीको नेतृत्वमा कृषि उत्पादन, प्रशोधन र बजारीकरणका कार्यक्रम ल्याइने ।
  • सडक सुरक्षा, पर्खाल सहितको सडक बनाइने । सकरारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने ।
  • मौजुदा तथा निर्माणधीन सडकमा सुरुङमार्ग बनाइ लागत घटाइने ।
  • हुम्ला र डोल्पा जिल्लासम्म सडक पुर्‍याउने घोषणा ।
  • सम्पुर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने ।
  • काठमाडौंलाई चीन र भारतसँग जोड्ने रेलमार्गको निर्माण कार्य दुई वर्ष भित्र सुरु गर्ने ।स्रोतः कान्तिपुर