सिड्नीमा ६ म्याग्नेच्युडको भुकम्प गयो
गुगलपाटी संवाददाता सिड्नीसोलोमोन द्विपमा शुक्रबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ। राजधानी बुआलाबाट एक सय ४७ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ।
भूकम्प स्थानी सयमअनुसार दिनको १ः१० मा गएको हो। भूकम्पको धक्का सोलोमोन द्विप र पपुवा न्युगिनीसम्म महसुस भएको बताइएको छ।
सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन। भूकम्पपछि जनधनको क्षति भएको सम्बन्धमा भने हालसम्म कुनै जानकारी दिइएको छैन।