२० लाख मुल्य बराबरको अबैध कपडा र केराउ बरामद
गुगलपाटी संवाददाता काठमाडौंप्रहरीले २० लाख मूल्य बराबरको आरुफ आलमको कपडा र केराउ बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरि बहादुर पालकाअनुसार ५० किलो ग्रामको ४ सय ४० केराउको बोरा सोमबार विहान ८ः३० बजे सिरहा नगरपालिका– १७ स्थित सञ्जिब साहको गोदामबाट भारततर्फ लैजान लागिएको अवस्थामा बदामद गरिएको हो ।
उक्त केराउको मूल्य अन्दाजी १० लाख २८ हजार रहेको प्रहरीले जनाएको छ ।
यता, आइतबार अपराह्न ४ बजे विरगञ्ज महानगरपालिका– १६ स्थित भन्सार छली ल्याएको भन्ने गोप्य सूचनाको आधारमा १० लाख ५० हजार बराबरको विभिन्न परिमाणको कपडा बरामद गरिएको डीआईजी पालले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।