कम्यूनिष्ट पार्टी एकताको बिषयमा कुर्लिए ओली र प्रचण्ड

गुगलपाटी संवाददाता काठमाडौं
९ बैशाख २०७५ १२:०३

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र केपी शर्मा ओलीलाई पार्टी एकताबाट दायाँबायाँ गर्ने छुट नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेको बताए । ‘चारैतिर जनताको घेरा छ, कम्युनिष्ट कार्यकर्ताको घेरा छ’ उनले भने, ‘मैले र केपीजीले दायाँबायाँ गरेँ भने जनताले छुट दिने छैनन् ।’

पार्टी एकता प्रक्रियामा केही नबिग्रिएको भन्दै उनले नतोकिएको दिन पार्टी एकता हुने बताए ।

संगठन, नीति लगायतका विषयमा निष्कर्षतिर पुगेको र हिजो मात्र केपी ओली र आफूले संगठनात्मक एकताको मोडालिटीबारे सहमति जुटाएको बताए ।

उनका अनुसार संगठनात्मक एकताका तीन आधार तयार गरिएको छ । पहिलोः सम्मानजनक एकता, दोस्रोः समानताको सिद्धान्त र तेस्रोः न्यायोचित एकता । यसकै आधारमा बुद्धिमतापूर्वक मोडालिटी विकास गर्ने उनले बताए ।
यसैगरी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ ९ताछेर० पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’