भारतीय लिगमा उत्कृष्ट डेब्युु गरेकी नेपाली खेलाडी सावित्रा भण्डारी को रोमाञ्चक यात्रा
गुगलपाटी संवाददाताभारतमा सुरु भएको इन्डियन विमिन्स लिग आइडब्लुएलमा पहिलो नेपाली खेलाडीको प्रवेश शानदार भएको छ। मैदान छिरेको २८ सेकेन्डमा नै चर्चित नेपाली स्ट्राइकर सावित्रा भण्डारीले गोल गरिन्।
चार गोल गरेकी भण्डारी विमन अफ द म्याचु भइन् र आफ्नो टोली सेथु क्लबलाई प्रतिद्धन्दी मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ६-४ को विजय दिलाउन सहयोग गरिन्।
पहिलो पटक नेपाली महिला फुटबल खेलाडीले विदेशबाट खेल्न सुरु गरेको यो प्रदर्शन उच्चस्तरको भएपनि भण्डारीको खेलयात्रा बुझ्नेहरूका लागि यो अचम्मको प्रदर्शन भने होइन।
छोटो समयमा तीव्र गति
पाँच वर्ष अगाडिसम्म उनी फुटबल बुट कहिले लाउन पाउने होला भनेर कल्पिन्थिन्। लमजुङको गाउँमा लुकेर बसेको उनको प्रतिभा तीन वर्ष अगाडि सशस्त्र प्रहरी बल एपीएफमा जागिरेको रूपमा सुरु भएपछि खुल्यो।
चितवनमा खेलेको राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमै आठ गोल गरेपछि त उनले राष्ट्रिय टोलीको ढोका खोलिन्। अनि पहिलो अन्तराष्ट्रिय खेलमा भुटानविरुद्ध आठ गोल गरेपछि उनको चर्चा चुलियो। खेलाडी जीवनको छोटो यात्रामा उनले तीव्र गतिमा फड्को मारेकी छन्।
साम्बा चिनारी
लमजुङ पामचोककी यी २३ वर्षिया खेलाडीले यो सफलताका लागि संघर्षको लामो यात्रा तय गरेकी छन्।
एक महिलाको रुपमा घरमा र गाउँमा उनी नमुना बनेकी छन्। एउटा खेलाडीको रुपमा राष्ट्रिय टोलीसम्म आइपुग्दा बेग्लै परिचय बनाएकी छन्।
कपाल रङ्ग्याएर पहेंलो बनाएकी साम्बा मैदानमा अरूभन्दा अलग देखिन्छिन्। उनले गरेको गोलहरू, हेयर स्टाइल र पोर्चुगलका खेलाडी रोनाल्डो जस्तै गोलको खुशी मनाउने शैलीले उनलाई मैदानमा भिन्न बनाउँछ।
गाउँमा भण्डारी हलो जोत्थिन्, खेतमा पुरुषले झैँ आली लगाउँथिन्। घरमा पुरुष बराबर भूमिका थियो।
उनको स्वभाव पनि त्यस्तै थियो। छोटो कपाल पाल्ने र कुर्ता सारी नलाउने। फुटबल खेल्नु उनको सपनाु थियो।
उनी भन्छिन्स् ूमहिलाको टिम थिएन। खेल्न असाध्यै मनपर्ने। अनि पुरुषसँगै खेल्थेँ। उनीहरुसँगै झगडा गर्थेँ।
खुलेको ढोका
एउटा बल प्रहार गर्ने आशमा उनी पुरुष टोली खेलेको पोस्ट पछाडि घण्टौँ बस्थिन्। आठ कक्षापछि चौर भएको अमर उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन्।
छिमेकी गाउँ घनपोखरामा महिला फुटबल हुँदैछ भन्ने थाहा पाएपछि रातारात त्यहाँ पुगेर श्रृजनशील युवा क्लबको तर्फबाट खेल्दै पाँच गोल गरेको क्षण उनी अझै सम्झन्छिन्।
२०७२ वैशाखमा घले गाउँमा भएको प्रतियोगिता खेल्न जाँदा उनको खेल जीवनले नयाँ मोड लियो।
अरु सामान्य खेलाडी भन्दा भिन्न केटा जस्तै खेल्नेु छरिती साम्बाको खेल उक्त खेलमा रेफ्रीको भूमिका निभाउन आएका शुक्र लामाको आँखामा पर्यो। लामाले सोधे ः काठमाण्डूमा बोलाए खेल्न आँउछौ ?
उनको जवाफ थियो : आउँछु ।
दुई महिनापछि सशस्त्र प्रहरीबाट काठमाण्डूमा खेल्ने निम्तो आयो।
तर गाउँ छोडेर आउँदा भने उनले ुशहरमा एक्लै नजाु र छोरी मान्छेले एक्लै घर छाड्नुहुन्छ ? जस्ता प्रश्न सामना गर्नुपर्यो।
उनको जवाफ थियोस् हलो जोत्न दिने, फुटबल खेल्न नदिनेरु मैले कसैको सुनिन। मेरो सपना पूरा गर्न कसैले रोक्न सक्दैन।
फुटबल त जानेकै रहेनछु
मासिक पाँच हजारको करार जागीरमा भण्डारी एपीएफमा आवद्ध भइन्।
सुरुवाती दिन सम्झिँदै उनी भन्छिन् : अहो, फुटबल त मैले केही जानेकै रहेनछु। एपीएफ मैदान पुगेर बल्ल चाल पाएँ।
शारीरिक र मानसिक शक्ति बोकेकी उनले एपिएफमा आफूलाई व्यवसायिक शैलीमा ढाल्ने ज्ञान पाइन्।
त्यतिबेला एपीएफमा राष्ट्रिय टोलीका जल्दाबल्दा खेलाडी जमुना गुरुङ र अनु लामा थिए। भाग्यमानी साम्बाले चितवनको राष्ट्रिय लिग खेल्ने मौका पाइन्।
गुरुङ घाइते भएको तथा लामा सशस्त्रको मिसनमा विदेश गएपछि साम्बाले अग्रपङ्क्तिको जिम्मेवारी पाइन्।
निर्विकल्प रोजाइ
अहिले ओलिम्पिक छनोटको दोस्रो चरणको प्रतियोगिता खेल्दा उनले आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या २७ पुर्याइसकेकी छन्। राष्ट्रिय जर्सीकी निर्विकल्प पहिलो रोजाइकी खेलाडी बनेकी छन्।
विश्लेषकहरू भन्छन् उनी फुटबल करिअरकोु पहिलो चरणमै छिन्। उनले आफ्नै प्रतिभा तिखार्न बाँकी छ।
एपीएफ क्लबका व्यवस्थापक प्रेम श्रेष्ठ भन्छन् : बलसँगको उनको गति बेजोड छ। उनमा प्रशस्त सम्भावना छ। तर अझै उनी परिपक्व भइसकेकी छैनन्।
फुटबल प्रशिक्षक हरि खड्का भन्छन्भा : भारतको एक महिने यात्राले उनको प्रतिभा अझ माझिनेछ।
भारतीय लिगमा नेपाली खेलाडी
आइडब्लुएलको यो तेस्रो संस्करण हो। नेपाली खेलाडी अनुबन्धित भएको भने यो पहिलो पटक हो।
स्ट्राइकर भण्डारी भारु ८५ हजार र मिडफिल्डर अनिता बस्नेत भारु ६५ हजारमा तमिलनाडुको सेथु फुटबल क्लबबाट यो वर्ष खेल्दैछन्।
पञ्जाबको लुधियानामा एक महिनासम्म चल्ने प्रतियोगितामा १४ क्लबहरू समावेश छन्। टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिता मे ५ बाट शुरु भएर मे २२ मा सम्पन्न हुनेछ।
सावित्रा र अनितालाई गत महिना विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनशिपमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा क्लबले किनेको जनाइएको छ।
गत वर्ष सावित्रा र अनिता दुबैले माल्दिभ्समा भएको एउटा व्यावसायिक फुटसल प्रतियोगिता खेलेका थिए।
पहिलो खेलमा अनिता भने वैकल्पिक खेलाडीको रुपमा रहिन्। डेब्यु गर्न पाइनन्।
सावित्राले भनिन्, पहिलो खेल निकै राम्रो भयो। यसलाई जारी राख्ने मेरो प्रयास हुनेछ।
स्रोत : विविसि