मकवानपुरगढीबाट हट्यो टेलिकम टावर

गुगलपाटी संवाददाता हेटौंडा
२४ बैशाख २०७६ १०:०९

 देशको पुरानो ऐतिहासिक गढीका रुपमा परिचित मकवानपुरगढीको मुख्य किल्लानजिक राखिएको १३ वर्ष पुरानो नेपाल टेलिकमको टावर हटेको छ ।

नेपाल टेलिकमको टावर स्थापना गर्दा गढीको किल्ला छेकिएको थियो । टावर २०६३÷०६४ मा स्थापना भएको थियो । ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीयस्थल छेकिने गरी कुनै सामग्री राख्न÷सञ्चालन गर्न नपाइने नियम उल्लंघन गर्दैै टेलिकमले १३ वर्ष अगाडि किल्लाभन्दा ५० मिटर पर करिब १० धुर जग्गामा १८ मिटर अग्लो टावर र १ कोठे भवन सञ्चालनमा ल्याएको थियो ।

टावर २ महिना अगाडि हटाइएको नेपाल टेलिकम हेटौंडा शाखाका निमित्त प्रमुख शैलेन्द्र जोशीले जानकारी दिए । पुरातात्विक विभागले गतवर्षदेखि नै बारम्बार टावर हटाउन ताकेता गरेपनि टेलिकमले हटाएको थिएन् । ताकेता भएपनि विभिन्न प्रक्रियाका कारणले ढिलाइ भएको बताए ।

‘विभागको ताकेतालाई अटेर गरेका होइनौं । टावर हटाउन वायरलेस निर्देशनालयबाट विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । नयाँ टावर पनि राख्नु पर्छ, त्यसैले ढिलाई भएको हो ।–’ निमिक्त प्रमुख जोशीले भने ।

टेलिमकले हाल मकवानपुरगढी दरबार भन्दा करिब २० मिटर तल नयाँ टावर निर्माण गरेको जोशीले जानकारी दिए । हाल स्थापना गरेको टावरले गढी क्षेत्रमा कुनै असर नपुग्ने उनको भनाई छ । टावर हटेपनि हाल १ कोठो भवन सोही ठाउँमा छ । उक्त भवनलाई गढीको कुनै प्रयोगमा ल्याउन सकिए राखिने र प्रयोगमा नआए भत्काइने मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिं पाख्रिनले जानकारी दिए ।

मकवानपुरगढी पर्यटन विकास समन्वय समितिले यसप्रति विगतका वर्षदेखि नै आपत्ति जनाउँदै आएको थियो । समितिले पटकपटक आग्रह गर्दा पनि टेलिकमले टावर नहटाउँदा किल्ला छेकिएर पर्यटन विकासमा असर परेको समिति सचिव केदारप्रसाद न्यौपानेले बताए ।

उनले टावर सञ्चालनका क्रममा समितिसँग छलफल र सम्झौता/सहमति नभएको र नियमविपरीत भए पनि बेवास्ता गरिएको आरोप लगाए । मुलुकको ऐतिहासिक सम्पत्तिमा आँच आउने किसिमले टावर सञ्चालन गरेपछि समितिले पुरातात्विक विभागमा ३ वर्षअघि हटाउन माग गर्दै पत्र बुझाएको थियो । समितिको पत्रका आधारमा विभागले टेलिकमलाई हटाउन भनेपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर टावर सञ्चालनमा ल्याइएको टेलिकमले जवाफीपत्र दिएको थियो ।

टावरबाट टु जीवी–थ्रि जीवी जीएसएम, सीडीएमए, टु जीवी, थ्रि जीवी र वाइम्याक्स इन्टरनेट सेवा प्रदान गरिएको निमिक्त प्रमुख जोशीले जानकारी दिए । उनले टावर तल सारिएपछि नेटवर्कको कभरेजमा ह्रास आउने बताए ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले एतिहासिक र संरक्षित क्षेत्र भएकोले गढी दबारलाई असर पुग्ने गरी कुनै संरचना बनाउन नदिने बताए । गढीको संरक्षण, प्रवद्र्धन र सौदन्र्यतामा कुनै असर पुग्ने खालका संरचना बनाउन दिन नहुनेमा गाउँपालिका कटिबद्ध भएको बताए । वर्तमान अवस्थामा पनि कुनै संरचनाले असर पु¥याएको खण्डमा सबै हटाइने उनले बताए ।

गढीमा टेलिकमकोसहित स्मार्ट र एनसीएलको टावर छ । स्मार्ट र एनसीएलको टावर गढीभन्दा पश्चिमतर्फ रहेको वडा अध्यक्ष पाख्रिनले जानकारी दिए । दुवै टावर व्यक्तिगत जग्गामा भाडा तिरेर राखिएको छ । वडा अध्यक्ष पाख्रिनले स्मार्टको टावरले गढीमा असर पुग्ने बताए । एलसीएल भन्दा पहिला स्थापना भएको स्मार्टको टावर गढी दरबारको सबैभन्दा नजिक छ ।

‘कहिलेकाँही हेलिकप्टर ल्याण्ड गर्नुपर्ने हुन्छ र पहिला पनि भएका थिए । तर, स्मार्टको टावरले हेलिकप्टर ल्याण्ड हुन सकेको छैन । अन्यन्त्रै गर्नुपर्ने हुन्छ । अन्य विविध कुराले पनि समस्या बनाउन सक्छ ।–’ पाख्रिनले भने– गढी दरबारको सुन्दरतामा पनि यसले असर पु¥याउँछ । उनले पहिले नै कुनैपनि टावर स्थापना गर्न दिन नहुने तर्क राख्छन् । ‘पहिला कर्मचारी मात्रै थिए । त्यसैले टावर राखिएको होला । अहिले स्थानीय सरकार छ, जनप्रतिनिधि छन् । एतिहासिक र संरक्षित क्षेत्रलाई असर पर्ने गरी कुनै पनि संरचना बनाउन दिँदैनौं ।–’ अध्यक्ष पाख्रिन भन्छन् ।

स्थानीय तह निर्वाचनपछि गढीको सम्वद्र्धन, प्रवद्र्धन र विकास योजनासाथ अघि बढ्ने नीति अवलम्बन गरेको छ । विकास समितिले एकसाथ ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय विकासका लागि ४० करोडको गुरुयोजना तयार पारेको छ ।

गुरुयोजनामा गढी क्षेत्रभित्र गढी किल्ला, दरबार, र गेटलाई ऐतिहासिक, वंशीगोपाल र सिद्धेश्वर मन्दिरलाई धार्मिक, दृष्यालोकन टावर, होटल र मनोरम दृष्यलाई पर्यटकीय र संग्रहालयलाई पुरातात्विक विकास गरिने उल्लेख छ ।

गढीमा २ वटा संग्रहालय रहने छन् । तामाङ, मगर र गढी संग्रहालयलाई विशेषरुपमा निर्माण गरिने छ । गढी क्षेत्रमा तामाङको बाहुल्यता रहेकोले तामाङका ऐतिहासिकता झल्कने सामग्री राखिने छ । गढी संग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने योजना तयार भएको छ ।

गुरुयोजनामा उल्लेख भएअनुसार गढी दरबार, किल्ला र गेट निर्माण गर्दा ऐतिहासिक स्वरुप नमेटिने र मोडल परिवर्तन नहुने किसिमले वैज्ञानिक तवरबाट निर्माण गरिने छ । गढीको विकास र सञ्चालनका लागि पर्यटकीय क्षेत्र निर्माणलाई प्राथमिकतामा राखेर समुद्री सतहबाट करिब १ हजार १९ मिटर उचाईंमा रहेको गढीबाट दृष्यावलोकन गर्न सुविधासम्पन्न भ्युटावर निर्माण गर्ने समितिको योजना छ ।