विराम प्रजाले गरे नेत्र विक्रम चन्द नेतृत्वको परित्याग

गुगलपाटी संवाददाता हेटौंडा
२४ बैशाख २०७६ १०:३३

 मकवानपुरको राक्सिराङ् गाउँपालिकाका विराम प्रजाले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरेका छन् । उनले विज्ञप्ती मार्फत आफुले विप्लव निकटको संगठन छोडेको जानकारी दिएका छन् ।

‘प्रस्तुत विषयमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को पार्टी संगठनको अध्यक्ष र युवा संगठनको जिल्ला सदस्यको जिम्मेवारी अनुसार पार्टीमा सक्रिय रहेको म मकवानपुरको राक्सीराङ् गाउँपालिका बस्ने विराम प्रजा देशको बद्लिदो राजनीतिक परिस्थतीको कारण आजबाट विप्लव नेतृत्वको नेकपा परित्याग गरि स्वतन्त्र भएको घोषणा गर्दछु ।’ प्रजाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले केही दिनमानै औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रेवश गरी समृद्धी र समाजवादको यात्रामा हातेमालो गर्ने समेत जानकारी दिए ।