पार्टी परित्याग गरी ७३ जना कांग्रेसमा प्रवेश
गुगलपाटी संवाददाता हेटौंडानेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ घ्याम्पेमा मंगलबार विभिन्न पार्टी परित्याग गरी ७३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौडा १६ का सभापति रामकृष्ण कोईरालाको सभाध्यक्षता एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपा, नेकपा र जनमोर्चा परित्याग गरी ७३ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा समाजसेवी कुमार सिं खड्का, राप्रपाबाट हेटौंडा १६ नम्बर वडा सदस्यका प्रत्यासी रमेश दंगाल, राप्रपाकै बरुण थापा, नेकपाका मोहनबहादुर विश्वकर्मा, रुपक घिमिरेलगायत ७३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि, अथितिहरुले टीका तथा खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा । प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नगर सभापति आनन्दराम पराजुली, नवप्रवेशीको तर्फबाट कुमारसिं खड्का, रमेश दंगाल, रुपक घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु एवं भातृ, शुभेच्छुक संसथाका पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।