पदमशमशेरले खनेको पोखरीलाई पदमपोखरी पार्कको रुपमा विकास गरिदै
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा उपमहानगरपालिका १३ नम्बर वडामा रहेको पदमपोखरीको पोखरीको सरक्षण सुरु भएको छ । पदमपोखरीको पहिचानको रुपमा रहेको पोखरीलाई २९१ मिटर वरिपरि पर्खाल लगाएर सरक्षण सुरु गरेको हो । आज हेटौंडा उपमहानगरपालिकाकि उपमेयर मिना कुमारी लामाले पर्खालको शिलान्यास गर्नु भएको हो ।
कार्यक्रममा लामाले उपमहानगरले पर्यटन बिकासको लागि उपमहानगरले प्रत्यक वडामा पर्यटन प्रवद्धनमा ध्यान दिएको बताउनु भयो । पर्यटन बिकासको लागि उपमहानगर सधैं तयार रहेको बताउनु भयो । उहाँले पदमपोखरि अब उत्पादन सङ जोडिनु पर्ने बताउनु भएको छ । उहाँले युवाहरुलाई सहिमार्गमा जोड्नु पर्ने बताउनु भएको हो ।
शिलान्यास कार्यक्रम नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठले पर्यटन बिकासको लागि जनप्रतिनिधि लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पर्यटन प्रवद्धनको लागि सामाजिक वातावरण निर्माण गर्नु पर्ने बताउनु भएको छ । उहाँले स्थानीय महिला, युवा, स्थानीय बौद्धिक वर्गले ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा १३ नम्बर वडाध्य्क्ष मनोज वाइवा, १२ नम्बर वडाध्यक्ष ललित घलान लगायतको उपस्थित रहेको थियो ।
वरिपरिको पर्खालमा ९८ वटा पिल्लर (खम्बा) रहने पदमपोखरी पर्यटन सरक्षण समितिका अध्यक्ष, कृष्ण प्रसाद खतिवडाले बताउनु भएको छ । उक्त पदमपोखरी सरक्षण कार्यको लागि ३ नम्बर प्रदेश उधोग,पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४० लाख प्रदेश स्तरीय बजेट छुट्याइएको थियो । महेन्द्र उच्च मावीको छेउमा रहेको उक्त पोखरी नेपालका तत्कालीन राणा प्रधानमन्त्री पदमशमसेरले शिकार खेल्न आउँदा सानो दरबार बनाएर पोखरी निमार्ण गरिएको थियो । उक्त नाम नै अहिले पदमपोखरिको बिकास भएको हो ।
अहिले उक्त पोखरीमा जलकुम्भी फुलिरहेको छ । उक्त पोखरी अब सरक्षण गरेर बिचमा मन्दीर सहित फुलहरु रोप्ने योजना रहेको छ । उक्त सरक्षण परियोजनाको लागि हेटौंडा उपमहानगरपालिका डिपिआर बनाएको छ ।