नेपाली कांग्रेसको जागरण अभियान सुरु
गुगलपाटी संवाददाता काठमाडौंनेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले वृक्षमा जल सिञ्चन गरेर अभियानको शुभारम्भ गरेका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले उक्त वृक्ष अभियान समापन समारोहको दिन जेठ २५ गते कुनै सार्वजनिक स्थलमा रोपिने जानकारी दिए । शुभारम्भ कार्यक्रममा पार्टीका नेताहरु प्रकाशमान सिह, बालकृष्ण खाँण, नरहरी आचार्य, डिला संग्रौला, तारानाथ रानाभाट, काठमाडौं सभापति सबुज बानियाँलगायत सहभागी छन् ।