समान पहुँच भए मात्रै न्याय : मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता
२६ बैशाख २०७६ ०४:०९

हेटौंडा : ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सबैको समान पहुँच भए मात्रै सबैलाई न्याय हुने बताएका छन । कानुन दिवसको अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालायले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशमा कानुन निर्माण भैसकेकोले अब काम गर्न बाटो खुलिसकेको बताए ।
पौडेलले कानुनको कार्यान्वयन गर्न कहिलेकाही निर्मम हुनु पर्ने पनि बतएका हुन् । सबैले समान ढंगले न्याय पाउनको लागि सबैको दायित्व बताएका हुन ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री जम्मकट्टेलले कानुन बनाउने मान्छे पनि परिवर्तन हुनुपर्ने र कार्यान्वयन गर्ने क्षेत्र पनि परिवर्तन हुनुपर्ने बताएका हुन । पीडितलाई न्याय दिने क्षेत्रमा कहिले पनि भनसुनको आधारमा न्याय दिने, पहुँच नभएकाहरुलाई हेप्ने सस्कार फेर्नु पर्ने बताएका हुन ।
दिवसको अवसर आयोजित कार्यक्रममा उच्च अदालत पाटन,हेटौंडा इजलासका मुख्य न्यायाधीश पुष्पराज कोइराला, हेटौंडा उपमहानगरपालिकाकि उपमेयर मिना कुमारी लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।