ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको समिक्षा गोष्ठी

गुगलपाटी संवाददाता हेटौंडा
२६ बैशाख २०७६ ०६:१६

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा भूकम्प पछिको पुर्ननिर्माण र पुनस्थापनामा सदाचार विषयात्मक कार्यक्रमको प्रभाव, भावि योजना सम्बन्धी सूझाब संकलन तथा छलफल कार्यक्रम आज हेटौडामा सम्पन्न भएको छ ।

कार्यत्ररममा मकवानपूरमा भूकम्प पछिको पुर्ननिर्माण यस्को प्रभाब र आगमी रणनितीको बिषयमा छलफल भएको थियो । युरोपियन यूनियनको सहयोगमा संचालित यस कार्यक्रमले भूकम्प पछिको पुर्नर्निमाणमा देखिएको समस्या समाधान र भावि योजनाको बिषयमा छलफल गरेको थियो ।

जिल्ला समन्वयन समिती मकवानपुरकी उपाध्यक्ष भगवति पुडसैनिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवानपुरकी संयोजक प्रमिला थिङले सहजिकरण गर्नू भएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले एक बर्षमा भए गरेका कामहरूको बिषयमा समिक्षा गरेको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग सहकार्य गरेर भूकम्प पछिको पूननिर्माणमा जिल्ला समन्वयन समितिले हरेक क्षेत्रसंग समन्वय गरि काम कार्वाहिमा कमि नगर्ने जिल्ला समन्वयन समितिकी उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि भगवति पुडासैनिले बताउनु भयो ।