हेटौंडामै पहिलो पटक भेटियो अवैध डेढ किलो सुन, एक जना पक्राउ
गुगलपाटी संवाददाता हेटौंडापहिलो पटक मकवानपुरमा प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिक रहेका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ किला ६ सय ४९ ग्राम ८ सय ९० ग्राम सुन बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।
कारोबारमा संलग्न रहेका बिक दोस्रो पटक लैजादै गर्दा पक्राउ परेको बताइएको छ । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ ।