सेती नदीमा वेपत्ता बालकको दुई दिनपछि शव फेला
गुगलपाटी संवाददाता बझाङदुई दिनदेखि सेती नदीमा वेपत्ता भएका बालकको शव फेला परेको छ । जयपृथ्वी नगरपालिका ६ बस्ने लोकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा फेला परेको हो ।
उनी सुनिपिपल चौर माध्यामिक सुबेडामा १ कक्षामा अध्ययनरत थिए । मंगलबार लुयाँटाको गोठाली खेल (सुवेडा- लुयाँटा जोड्ने पुल) सेती नदीको छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर नदीमा खसेर वेपत्ता भएका थिए ।