सन्दीपको दिल्ली फाइनलमा पुग्न नसक्नुका ३ कारण

गुगलपाटी संवाददाता
२८ बैशाख २०७६ ०४:४८

एजेन्सी – शुक्रबार राती दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै १२ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सको यात्रा यहि समाप्त भएको छ । प्रतियोगिता सुरु हुनु अघिनै व्यवस्थापन र टोलीमा व्यापक परिवर्तन गरेको दिल्लीले यस पटक नयाँ प्रर्दशन गर्ने छनक त्यति बेलानै देखाएको थियो । दिल्लीले नाम, लोगो, जर्सी, खेलाडी लगायतामा परिवर्तन गर्यो । दिल्ली डेयर डेभिल्लस आईपीएलमा फाईनल सम्म पुग्न नसक्दा पुरानो प्रर्दशनलाई भुल्न र नयाँ प्रर्दशन गर्न दिल्ली क्यापिटल्स नाम राखेको थियो ।
नभन्दै दिल्लीको यो वर्ष प्रर्दशन उत्कृष्ट गर्दै ६ वर्षपछि प्ले अफमा पुग्न सफल भयो । एलिमिनिटर खेलमा हैदरावादलाई पराजित गरेपछि दिल्ली पहिलो पटक फाईनल नजिक पुगेको थियो । तर शुक्रबार राती महेन्द्र सिंह धोनीले सम्हालेको चेन्नई सुपर किंग्ससँग पराजित भएपछि यो पटक पनि दिल्लीको फाईनल पुग्दै उपाधि जित्ने सपना अधुरै रह्यो । यी तीन कारण दिल्ली पहिलो पटक फाईनल पुग्ने सपनामा बाधक बने ।

गैर जिम्मेवार ब्याटिङ

दिल्लीको हारको प्रमुख कारण मध्य एक ब्याट्सम्यान गैरजिम्मेवार ब्याटिङ हो । विशाखापट्नममा टस हारेर मैदान उत्रेको दिल्लीले विशाल योगफल बनाउदै चेन्नईलाई दवावमा राख्ने अनुमान गरिएको थियो । सबैको ध्यान दिल्लीले विशाल योगफलमै थियो । तर सबै ब्याट्सम्यानले ठूला शट खेल्ने धुनमम गलत शट खेल्दै क्याच आउट हुँदै पेभिलिएन फर्केपपछि दिल्ली १ सय ४७ रनमा समेटिएको थियो । उक्त मैदानमा १ सय ४८ रनको लक्ष्य सामान्य मानिन्छ । अर्थात सुरक्षित देखिदैन ।
दिल्लीले पहिलो विकेट तेस्रो ओभरको तेस्रो बलमा पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । शा एलबीडब्लू आउट भए । छैटौं ओभरको दोस्रो बलमा हरभजन सिंहले शिखर धवनलाई महेन्द्र सिंह धोनीबाट कट एण्ड बिहाइन्ड निकाल्दै १८ रनमा पेभिलिएन फर्काएका थिए । दुबै ओपनर गुमाएपछि दिल्ली दवावमा परेको थियो । तल्लोे क्रममा ब्याट्सम्यानले जिम्मेवारी लिदै लामो इनिङ्स खेल्नुु पर्ने आवश्यकता थियो ।
रविन्द्र जडेजाको नवौं ओभरको पाँचौ बलमा बलमा ठूलो शट खेल्ने धुनमा क्रिजमा जमि सकेका कोलिन मुनरो बाउन्ड्री लाईन नजिकै ड्वेन ब्राभोबाट २७ रनमा क्याच आउट हुन पुगे । जुन टोलीको लागि त्यो शट त्यो समयमा आवश्यक थिएन । इमरान ताहिरको १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर पनि ठूलो शट खेल्ने धुनमा गलत शट प्रहार गर्दै सुरेश रैनाबाट १३ रनमा क्याच आउट भए ।

ब्राभोको १३ ओभरको पाँचौ बाउन्सर बलमा शट प्रहार गर्दा अक्षर पटेल ताहिरबाट ३ रनमा क्याच आउट भएपछि दिल्लीको ठूलो योगफल कठिन बनेको थियो । दिल्लीको अन्तिम आसा ऋषभ पन्त थिए । पन्त अन्तिम ओभर सम्म टिकेको खण्डमा दिल्लीले १ सय ७० रनको योगफल सम्म पुग्न सक्ने अनुमान गरिएको थियो । जुन योगफल प्रतिस्पर्धात्मक मानिथ्यो । तर १९ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमै पन्त ड्वेन ब्राभोबाट बाउन्डी लाईन नजिकै क्याच आउट भएपछि दिल्लीको ठूलो योगफलको संभावना सकिएको थियो । शीर्षक्रममा ब्याट्सम्यानको गैरजिम्मेवार ब्याटिङ दिल्ली पहिलो पटक फाईनलमा पुग्न नसक्नुको एक कारण हो । ब्याट्सम्यान जिम्मेवारीका साथ ब्याटिङ गरेको भए दिल्ली फाईनलमा पुग्न सक्थ्यो ।

फाफ डु प्लेसिसको रन आउट मिस र त्यसपछि साझेदारी

दिल्लीले जितको लागि मध्यम लक्ष्य पछ्याएको चेन्नईलाई सुरुवाती सयम देखिनै दवावमा राख्नसक्नु पथ्र्यो । पावर प्लेमा कम्तिमा दुई तीन विकेट लिन सके दिल्लीले चेन्नईमाथि निरन्तर दवाव राख्दै खेल आफ्नो पक्ष्यमा पार्न सक्थ्यो । तर दिल्ली पहिलो विकेटका लागि ११ ओभर पर्खनु पर्यो । जुन समय दिल्लीलाई खेलमा फर्किन धेरै ढिला भई सकेको थियो । पहिलो ओभरको दोस्रो बलमै फाफ डु प्लेसिसलाई रन आउट गर्ने अवसर दिल्लीले गुमाएको थियो ।

ट्रेन्ट बोल्टको पहिलो ओभरको दोस्रो बलमै फाफ डु प्लेसिस र शेन वाटशन रनमा तालमेल गर्न नसक्दा दुवै एकै तर्फभागेका थिए अक्षर पटेलले सिधैं थ्रो हान्दै बल कोलिन मुनरोलाई दिए । मुनरोले पनि थ्रो फाल्दै विकेटकीपर नजिक स्लिप बसेका कप्तान श्रेयस ऐर नजिकै फालेका थिए । तर उक्त बल समात्न नसकदा रन आउट गराउन बाट चुकेको थियो ।

जीवनदान पाएका प्लेसिसले ५० रन बनाउँदै म्यान अफ द म्याच समेत चुनिए । फाफ डु प्लेसिसले पहिलो विकेटका लागि १०।२ ओभर सम्म शेन वाट्शनसँग ८१ रनको साझेदारी गरेपछि दिल्लीको जित समाप्त भएको थियो । जुन रन आउट गर्न सकेको भए दिल्लीले अरु विकेट पनि छिटो लिन सक्थ्यो । ठूलो साझेदारी पनि बन्न सक्ने थिए । यी दुईको पहिलो विकेटको साझेदारी र रन आउट मिस दिल्लीको लागि घातक सावित मात्र भएन पहिलो पटक फाईनल पुग्ने सपना पनि अधुरै रह्यो ।

रबाडाको अभाव

लिग चरणको अन्तिम खेल अघि कागीसो रबाडा चोटग्रस्त हुँदै घाईते हुनु दिल्लीको लागि घातक सावित रह्यो । जारी आईपीएलमा सर्वा्धिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका रबाडा टोलीमा नभएसँगै दिल्लीको बलिङ कमजोर बन्न पुग्यो । अन्तिम ओभरका राजा मानिने रबाडाको अभाव लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स, एलिमिनिटेरमा हैदरवाद र क्लालिफायरमा चेन्नईसँगको खेलमा उनको अभाव दिल्लीमा प्रष्ट देखिन्थ्यो । रबाडा यदी फिट भएको भए दिल्लीले १ सय ४८ रनको पनि रक्षा गर्ने सम्भावना राख्दथ्यो । रबाडा तीनै हुन् जसले कोलकतासँगको सुपर ओभरमा पहिलो बलमा चौका खाएपनि अन्य पाँच बलमा लगातार योर्कर फ्याक्दै ११ रनको लक्ष्य सुरक्षित गरेका थिए । रबाडाको स्थानमा आएका बोल्टले ३ खेलमा ४ विकेट मात्र लिन सके । रबाडा घाईतले हुनु दिल्लीको लागि पहिलो पटक फाईनल पुग्ने सपना अधुरै बन्न पुग्यो । यो समाचार हाम्रो खेलकुदबाट साभार गरिएको हो ।