पर्सामा ८ वर्षिय बालकको रहस्यमय मृत्यु

गुगलपाटी संवाददाता वीरगञ्ज
२९ बैशाख २०७६ ०८:१५

 पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपरडाँडी बस्ने रघुनाथ महतोका ८ बर्षीय छोरा मुरत महतोको रहस्मय तरिकाले ज्यान गएको छ ।

शनिबार राति घरबाट चर्पी बस्न खेततिर जान्छु भनी गएका बालकलाई गाउँलले बेहोस अवस्थामा फेला पारेका थिए। बेहोस अवस्थामा फेला परेका बालक महतोलाई उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा ज्यान गएको थियो।

घटनाका शंकास्पद रहेकाले बालकको मृत्यु कसरी भयो भन्ने बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।