पाँच लाख घुससहित वन उपभोक्त समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

गुगलपाटी संवाददाता बाँके
२९ बैशाख २०७६ ११:२८

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित लामिडाँडा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष ५ लाख घुससहित पक्राउ परेका छन्।

लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएका समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुना घुस रकमसहित आइतबार रंगेहात पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले कामी र खुनालाई घुस रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ।