अफगानिस्तानका पूर्वराजनीतिकर्मी एवं पत्रकार मिनाको गोली हानी हत्या
गुगलपाटी संवाददाता एजेन्सीअफगानिस्तानमा पूर्वराजनीतिकर्मी एवं पत्रकार मिना मंगलको गोली हानी हत्या गरिएको घटनाको राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले निन्दा गरेका छन्।
अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहहरूले उनको हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका हुन्। एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्या निन्दनीय भएको भन्दै अधिकारीवादीहरुले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
विगतमा राजनीतिमा सहभागी उनी पछिल्ला केही वर्षदेखि टेलिभिजनमा कार्यरत थिइन्।
अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने बाचा गरेका छन्। प्रहरीले उक्त हत्या प्रकरणमा अनुसन्धान थालेको छ। तर उनलाई कसले र किन गोली हान्यो भन्नेबारे अहिलेसम्म प्रस्ट नभएको प्रहरीले जनाएको छ।
शनिबार प्रकाशित एउटा वक्तव्यमा मंगल आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्दै आएकी थिइन्।
उनलाई शनिबार बिहान साढे सात बजेतिर राजधानी काबुलमा गोली हानी हत्या गरिएको थियो। मंगलले आफ्नो फेसबुकमा आफूलाई धम्की आइरहेको र ज्यानको सुरक्षाबारे डर लागिरहेको उल्लेख गरेकी थिइन्।
कतिपयले अफगानिस्तानमा महिलाविरुद्धका अधिकांश ठूला अपराधका घटना दिउँसै अनि काबुलको अति सुरक्षित मानिने ग्रीन जोनमा हुने गरेको औंल्याएका छन्।