अज्ञात रोगबाट ५ सय भन्दा बढी कुखुराको मृत्यु
गुगलपाटी संवाददाता मुगुमुगु जिल्लाको एक मात्र नमुनाको रुपमा रहेको कुखुराको पोल्टी र्फममा अज्ञात रोगबाट कुखुरा र कुखुराका चल्ला धमाधम मर्न थालेका छन । छायानाथ रारा नगरपालिका पशु शाखा र पशु ज्ञान केन्द्रका सम्पर्क कार्यालयमा पशु पन्छीको औषधि अभाव रहेको बताइएको छ ।
बिगत ३ बर्ष यताबाट कणार्ली अञ्चलका नमुना कसाइको रुपमाचिनिने मुगुको एक मात्र रत्न ह्रायाचरी र्फमले न्यू हेमसार, अष्टलक,गिरीराज,साकिना स्थानीय, लोक्कल जातका कुखुरा गरी ५ सय भन्दा बढी कुखुरा र चल्लाको ब्यावसाय गदै आएका छन् । जस मध्य अज्ञात रोगबाट १ सय ७० कुखुराको चल्ला मरिसकेका छन । बाँकी रहेका कुखुराका चल्ला र मेशिनमा चल्ला उत्पादन गर्नका लागि रहेका अण्डसंगै ५ लाखको क्षेती हुने जनाइएको छ।
कुखुराका चल्ला र कुखुराहरु दिन प्रति दिन २५ देखि ३० सम्म मरेका छन । कुखुराहरु जरो आउने र्याल निकाल्ने,कराउने, खुट्टा बेटारने,झोक्रयाराउने,हरियो छेर्ने भएपछि कुखुरा मेरको हो । जिल्लाका पशु ज्ञान केन्द्र छायानाथ पशु शाखामा कुनै पनि औषधि नभएको स्थानीय बताउँछन् । जिल्लामा पशु विज्ञ समेत नभएपछि कुखराको उपचार गर्न नपाएको बताइएको छ ।
सरोकार वाला निकाय पशु ज्ञान केन्द्र ,जिल्ला प्रहरी ,जिल्ला प्रशासन,नगरपालिका पशु शाखा मौन हुँदा बाहिरी जिल्लाबाट अबैध रुपमा विभिन्न जातका कुखुराहरु नेपालगंन्ज,सुर्खेत,दाङ, बुटबल र भारत लगायतका ठाउँहरुबाट मुगु जिल्ला सदरमुकाम र जिल्लाका अन्य बस्तीहरुमा भित्रिने हुँदा अरु स्थानहरुमा फैलिएको रोगका कारण कुखुरा मरेको बताइएको छ । कुखुरा पालनबाट अहिले ५ लाख सम्म घाटा हुने गरेको रत्न ह्रृ्याचरीका प्रोपराईटर रत्नसिंह मल्लले बताएका छन ।
पशु ज्ञान केन्द्रको सम्पर्क कार्यालय मुगुका अनुसार मरेका कुखुराको लक्ष्यणको आधारमा सिआरडी रोग हुन सक्ने तर जिल्लामा भने रोग पहिचाहन गर्ने प्रयोग साला नहुँदा रोगको पहिचाहन नभएको हो । हाल रोग पत्ता लगाउनका लागि सुर्खेत प्रयोग सालामा पठाउने तयारी भइरहेको छ । अबैध रुपमा जिल्ला बाहिराबाट आउने कुखुरा र कुखुराका चल्लाहरु रोकथाम गर्नको लागि सरोकारवाला निकायसंग बैठक बसेर छलफल गर्ने पशु ज्ञान केन्द्र सम्र्पक कार्यालय मुगुका पशु चिकित्सक भिमचन्द्र बुढाले बताएका छन ।
रोगबाट कुखुरा मर्न थालेपछि रत्न ह्याचरी पोल्टी फर्मका पोल्टी र्फम खालि हुँदै गएको छ । मुगु जिल्लाका गाँउ बस्तीमा रहेका स्थानीय साकिना जातका कुखुरा समेत मर्न थालेको स्थानीय बासीको गुनासो छ । स्रोतः न्यूज24