सञ्चारमन्त्री बास्कोटको प्रश्न, मिडियाको काम आलु वेच्ने ?

गुगलपाटी संवाददाता
३१ बैशाख २०७६ १५:५३

हेटौंडा : सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारहरुलाई प्रश्नै प्रश्न गरेका छन । हेटौंडामा डिजास्टर रिकभरी केन्द्र ९डाटा सेन्टर०को उद्घाटन गर्न आईपुगेका बाँस्कोटाले पत्रकारहरुले सरकारले गरेको कामको बारेमा ब्याख्या भन्दा आलोचना मात्रै गरेको बताए । उनले पत्रकारिताले डामेर छोड्ने काम गर्न नहुने भन्दै “नेपाललिक्स “ लाई पुष्टि गर्न नसकेको बताए । उनले मन्त्रीहरुले बोलेकि पत्रकारले बङ्गयाएर लेख्ने बताउँदै मन्त्रीले चै बोल्नै नपाउँने हो भन्दै प्रश्न गरेका हुन् । उनले विदेशीले मिडियामा कुनै पनि हालतमा लगानी गर्न नदिने बताएका छन् । मिडिया आलु वेच्न खुलेको हो भन्दै प्रशन गरेका थिए । यस्तै ३ नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सुचना प्रविधिको ज्याकेटको रुपमा डाटा सेन्टरले काम गर्ने बताएका छन् । उनले प्रदेश सरकार अब गति बढाउने बताएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ हेटौंडा जिल्ला समनव्इ समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको उपस्थिति रहेको थियो ।
हेटौंडामा ३७ करोडको लगानीमा डाटा सेनटर बनेको छ । काठमाडौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौंडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको हो । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०को ३७ करोड रुपैया“ लागतमा ठेक्का मार्फत सेन्टर निर्माणको काम सकिएको हो । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताए ।