हङकङमा देखियो मुसाबाट सर्ने र्याट हेपटाइटिस इ रोग, एकजनाको मृत्यु

गुगलपाटी संवाददाता एससीएमपी
१ जेष्ठ २०७६ १२:५०

हङकङमा मुसाबाट संक्रमण हुने र्याट हेपटाइटिस इ रोग देखिएको छ। यस रोगबाट एक वृद्ध व्यक्तिको मृत्यु भएको जनाइएको छ भने ३ जनामा यस रोगको संक्रमण भएको यहाँको स्वास्थ्य सुरक्षा केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार हेपटाइटिस इको संक्रमणबाट विरामी भएका ३ जनाको उपचार भइरहेको छ।
विरामी हुनेमा कोलन शहर, दक्षिणी हङकङ तथा ट्युन मुनका रहेका छन्। केन्द्रले हङकङका विभिन्न जिल्लामा मुसालाई नियन्त्रण गरिनुपर्ने बताएको छ।

मुसाले टोकेपछि यस रोग सर्ने गर्दछ। यस रोगका कारण ज्यानसमेत जानसक्ने जनाइएको छ। यस रोग लागेपछि यसले मानिसको कलेजो सम्बन्धीत रोगहरु निम्ताउँछ।