९ लाख भन्दा बढी मूल्यको मोबाइल चोरी गर्ने चार जना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
२ जेष्ठ २०७६ ११:३२

प्रहरीले साढे ९ लाख रुपैयाँभन्दा बढी मूल्यको मोबाइल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चार जानलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको सत्यवती गाउँपालिका–७ घर भई काठमाडौं मैजुबहाल बस्ने २३ वर्षीय अनिल भनिने जिन गुरुङ, नुवकोटको तार्केश्वर गाउँपालिका–५ घर भई मैजुबहाल बस्ने २३ वर्षकै कमानबहादुर तामाङ, रौतहटको बिर्ता गाउँपालिका–७ घर भई काठमाडौं बस्ने २२ वर्षीय राजा आलम र रौतहटकै चन्द्रनिगाहापुर नगरपालिका–५ घर भई काठमाडौं बस्ने २० वर्षीय लाल मोहम्मद छन्।

उनीहरुको साथबाट सामसुङ कम्पनीको मोबाइल १२ थान, आइफोन सिक्स १ थान, भिभो कम्पनीको मोबाइल १ थान, एचपी कम्पनीका इलाइट बुक १ थान, सिसाको ग्लास २४ थान, केरामिकको स्पोन १९ थान, विभिन्न डिजाइनका कपडाहरु ४१ थान, साइन लेखिएको एलइडी १ थान, डिकोन लेखिएको एलइडी १ थान बरामद गरिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

उनीहरुले बैसाख ५ गते राति चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटभित्र रहेको सामसुङ कम्पनीको मोबाइल पसलको सटर फोडी शोरुमभित्र रहेका विभिन्न कम्पनीको मोबाइल चोरी गरेका थिए।

त्यस्तै बैसाख १९ गते दिउँसो ११ बजे गल्कोपाखास्थित गोविन्द भण्डारीको कोठाबाट ल्यापटप तथा विभिन्न धनमाल समेत गरी १ लाख रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ।

उनीहरुकै समूहले बैसाख ३० गते क्षेत्रपाटीस्थित रुपक खनालको पसलबाट ४६ हजार मूल्य बराबरको कपडा चोरी गरेका थिए।

उनीहरुले विभिन्न सामान गरी ९ लाख ५८ हजार मूल्य बराबरको चोरी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।