४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गुगलपाटी संवाददाता मकवानपुरमकवानपुरको गढी गाउँपालिकाका ४१ जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ ।
सहयोग र सरोकार शाखा कार्यालय मकवानपुरले समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले गाउँपालिकाका ४ वटा विद्यालयका ४१ जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको सहयोग र सरोकार धुलिखेलका कृषि संयोजक रोशन प्रर्जापतीले बताए ।
प्रति विद्यार्थीलाई १ बर्ष भरी पुग्ने २ दर्जन कापि, २ प्याकेट कलम, छाता, पानी भाडो, जियोमेट्री बक्स, टुथपेस्ट, टुथब्रस, साबुन, झुल , खाजा , स्कुल ब्याक र ड्रेस बितरण गरेको प्रर्जापतीले बताए ।
पछाडि परेका समुदाय, गरिब, जेहेन्दार, दलित, आमाबाबु गुमाएका तथा शैक्षिक सामग्री र पोसाकका अभावमा विद्यालय जान नपाएका बालबालिका छानेर विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको जाल्पादेबिका प्र.अ. मनकाजी घलानले बताए ।
सहयोग र सरोकार सस्थाका प्रमुख रामप्यारी बज्राचार्यले शिक्षाबाट कुनै पनि बालबालिका बन्चित हुन नपरोस भन्ने उदेश्यले २००५ साल देखि नेपालको विभिन्न जिल्लामा ज्योती जिबन छात्रवृत्ति कार्यक्रम बितरण गर्दै आइरहेको बताइन् । उनले भनिन् ,ञबर्दिया जिल्लाका १ सय जना विद्यार्थी,म्याग्दी जिल्लाका ४५ जना,मकवानपुर जिल्लाका ४१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिसकेको र बाकी सर्लाही जिल्लाका ५० जना,महोत्तरी जिल्लाका ५० जना लाई लगातै बितरण गर्ने कार्यक्रम रहेकोछ ।
सहयोग र सरोकार धुलिखेलका अध्यक्ष रामप्यारी बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेको गढी गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष टीका प्रसाद दाहालले यस अभियान साच्चिकै प्रसंशा योग्य रहेको बताए । उने भने,ञगढी गाउँपालिकाले यस अभियानलाई साथ दिने र आउँदा दिनमा सस्था सङ्ग सहकार्य गरेर जानेछौ ।झ
शिक्षामा ज्योति दिने काममा यस शैक्षिक सामाग्रीले महत्त्वपुर्ण भुमिका खेल्ने बिश्वास लिएको उनले बताए ।
सो कार्यक्रममा चण्डीका माबीका प्र।अ। दाशरथी उपाध्यय,जाल्पादेबी माबिका प्र.अ. मनकाजी घलान,शारदा माबीका .प्र.अ. इन्द्र कार्की, जनक माबीका बिरेन्द्र कुमार यादव, सहयोग र सरोकार मकवानपुरका प्रमुख तथा बरिस्ठ पास्टर केदार बजगाइ,सहयोग र सरोकार मकवानपुरका केदार बजगाइ, नेपाल पत्रकार महासघ मकवानपुरका कार्यसमिती सदस्य रुपक कालिराज लगायतको सहभागी रहेको थियो