मेची महाकाली अभियान जारी, हेटौंडाकी श्रेष्ठ सम्मानित
गुगलपाटी संवाददातानेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघको जारी मेची महाकाली अभियान अन्तर्गत प्रदेश तीनकाको सिन्धुलीमा एक कार्यक्रम बीच प्रदेश तीनको अभियान समापन भएको छ।
सिन्धुलिमा सम्पन्न प्रशिक्षण तथा सन्देश सभामा प्रदेश नम्बर तीनको १० जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको गौरवपुर्ण उपस्थिति रहेको थियो। कार्यक्रमका अतिथि घरेलु तथा साना उद्योग बिकास समितिका निर्देशक नारायण कोइरालाले राज्यको कोषबाट दिइने तालिम ,मेसिन औजार सम्पूर्ण ब्यबसायिहरु माझ उपलब्ध गराउन सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकाले अधिक लाभलिन आग्रह गर्नुभयो ।
ऎतिहासिक प्रथम प्रदेश स्तरिय भेलाको अवसरमा महासंघका प्रदेश संयोजक गणेश बराल ज्युले मानार्थ सदस्य श्री राम कृष्ण साङाछे , राष्ट्रिय सीप बिकास समितिका संयोजक मिलन नेपाली , सदस्य राज कमल सुवाल, राष्ट्रिय महिला उध्यमी सीप बिकास समितिका संयोजक मेनका श्रेष्ठ , सह संयोजक रन्जना मास्के , सदस्य शान्ती प्रधान ,दिब्या जोशी ,अनु बैध्य, शान्ती श्रेष्ठ, धनु सिंह ठकुरी,सुधा पोख्रेल,चन्द्र लक्ष्मी मानन्धर ,शर्मिला नापित ,सदिच्छा ङाखुसी,रामेश्वरी लाखे ,रिता बोगटी ,बिमला भित्रकोटि र जीवन मगरलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
अभियानकै क्रममा नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ प्रदेश न २ स्तरीय भेला तथा सन्देश सभामा कार्यक्रममा प्रदेश संयोजक सन्त परियारले राष्ट्रिय सीप बिकास समितिका संयोजक मिलन नेपाली , राष्ट्रिय महिला उध्यमी सीप बिकास समितिका संयोजक मेनका श्रेष्ठ ,सदस्य जीवन मगर र शुशिला देबि सिंह लाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
प्रदेश नम्बर एकबाट सुरुभइ सातै प्रदेशमा प्रशिक्षण तथा सन्देश सभामा अभियान संचालन हुने नेपाल कपडा तथा सिलाइ व्यावसायि महासंघले जनाएको छ।