नयाँ नोट साट्छु भन्दै ठगी गर्ने दुई पाकिस्तानी पक्राउ
गुगलपाटी संवाददाता हेटौंडागत शनिबार दिउँसो हेटौंडा–२ हेडम्बीहाइटमा रहेको विजय राइस मिलको काउन्टरबाट सञ्चालकलाई झुक्याएर रकम चोरी गर्ने पाकिस्तानी जोडी काठमाडौंमा पक्राउ परेको छ । नयाँ नेपाली नोट साटेर लैजान्छु भन्दै पैसा छान्न काउन्टरमै हात हाली सञ्चालक कृष्ण सागर श्रेष्ठलाई झुक्याएर मुठै पैसा गोजीमा हालेका थिए । उनीहरुले राइस मिलबाट करिब २५ हजार चोरी गरेका थिए ।
प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिस्तानी नागरिक ३१ वर्षीय पूजा मोहसिन लाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।