कैद फैसला भएर फरार कैदी २८ वर्षपछि पक्राउ
गुगलपाटी संवाददाता रुकुमकर्तव्य ज्यान मुद्दामा कैद फैसला भएर फरार रहेका रुकुमका एक ब्यक्ति २८ वर्षपछि पक्राउ परेका छन। पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ४ का ६० वर्षीय मनबिर कामी रहेका छन।
रुकुम जिल्ला अदालतबाट २०४८ बैशाख ९ गतेको फैसला अनुसार उनलाई कर्तब्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना कैद सजाय भएको थियो। कामी फरक नामथर बताएर जिल्लाको आठबिसकोट नगरपालिकामा बस्दै आएकोमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले उनलाई अदालतको फैसला अनुसार कारागार चलान गरिने जानकारी दिए।