मन्त्री दुलालको नेतृत्वमा सरसफाई

गुगलपाटी संवाददाता
४ जेष्ठ २०७६ ०९:५१

हेटौंडा ; ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालको नेतृत्वमा आज विहान सामाजिक विकास मन्त्रालय परिसर र वरपरका क्षेत्रमा सरसफाई भएको छ । सामाजिक बिकास मन्त्री युवराज दुलालले मन्त्रालय स्थापना हुनु भन्दा पहिले देखि भएको फोहोर तथा वरपरको झाडीहरुको सरसफाई गर्न आफैं अगाडी सरेका हुन् ।

उनले सानो तिनो काम भनेर वास्ता नगर्दा समाजमा फोहोर व्यवस्थापनमा समस्या हुने भन्दै आफैं अघि सरेर सरसफाई गरेका हुन् । सामाजिक विकास मन्त्रालय वरपरको सरसफाई मन्त्रालयका कर्मचारी, मन्त्रीका सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया