ओखलढुंगामा जिप दुर्घटना हुँदा ९ जना घाइते

गुगलपाटी संवाददाता ओखलढुंगा
५ जेष्ठ २०७६ ०७:१०

ओखलढुंगाको मानेभञ्ज्याङमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । सुनकोसी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको स १ ज १८१२ नम्बरको बोलेरो जिप आइतबार बिहान मानेभञ्ज्याङ गाउँपालिका ५ स्थित बालेथाममा दुर्घटना भएको हो ।

दुर्घटनामा सुनकोसी गाउँपालिका वडा नं। ३ का ४५ वर्षीय हिरा थापा, मानेभञ्ज्याङ गाउँपालिका ६ का ४२ वर्षीय मनकुमारी आले मगर, १० वर्षीय बालक दिनेश श्रेष्ठ, २९ वर्षीया भव माया श्रेष्ठ, चन्द्रबहादुर आले मगर घाइते भएका छन् ।
त्यस्तै सुनकोसी गाउँपालिका वडा नं। ३ का हरि खड्का, रस्मिता थापा, २५ वर्षीय तेलीकुमारी श्रेष्ठ र मानेभञ्ज्याङ गाउँपालिका ५ उदयपुरका कालीमाया राई रहेका छन् । राईको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । दुर्घटनामा हिरा थापाको हात भाँचिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ ।

सडकमा गुडिरहेको जिप अनियन्त्रित भइ दुर्घटना भएको श्रेष्ठले जानकारी दिए। बोलेरो चालक भूपाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।