टिपर खोलामा खस्दा दुईको मृत्यु
गुगलपाटी संवाददाता उदयपुरउदयपुरको कटारी नगरपालिका: १४ घुर्मी-कटारी सडकखण्डबाट टिपर खोलामा खस्दा २ जनाको मृत्यु भएको छ।
बिहान ५:४५ बजेको समयमा मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा४ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेको हो।
दुर्घटनामा ट्रिपरका सह-चालक सिन्धुली दुधौली नगरपालिका(११ बस्ने वर्ष २० का लीलाबहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका-५ भोर्ले बस्ने तत्काल नामथर नखुलेका ुमाइलोु भनेर चिनिने अन्दाजी वर्ष २५ का एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने वर्ष ४० का हर्कबहादुर सार्की प्रहरीको नियन्त्रणमा छन्।