बलात्कार आरोपमा प्रहरी पक्राउ,रक्षक नै भक्षक
गुगलपाटी संवाददाताबलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । मुद्दा चलाइएका प्रहरी जवान दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत हुन् ।
घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जंगलमा घाँस काट्न गएका दुई युवतीमाथि प्रहरी जवानले छुट्टाछुट्टै बलात्कार गरेको आरोप छ ।
घटना भएको एक महिनापछि मात्र पीडितले प्रहरीसमक्ष जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विरेन्द्र थापाले बताए ।
घटना भए लगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् । पीडित युवतीको उमेर २६ र १७ वर्ष छ ।
प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । मुद्दा चलाइएकामा डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीया प्रेम खड्का र दाङ,गडवा गाउँपालिका–४ का २३ वर्षीया पाटेश्वर यादव छन् । उनीहरु दुवैलाई जर्बजस्ती करणीमा मुद्दा पक्रिया अघि बढाइएको नायब उपरीक्षक थापाले जानकारी दिए ।
श्रोत काठमाण्डु टुडे