प्रशासन कार्यालय अगाडि पत्रकारको रुवाबासी !
गुगलपाटी संवाददाता विराटनगरसरकारले ल्याउन लागेको मिडिया काउसिन्लको बिरोधमा विराटनगरमा पत्रकाहरुले रोएर बिरोध जनाएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा पत्रकाहरुले मिडिया काउन्सिलको बिरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी रोएर बिरोध जनाएका हुन । कम्युनिस्टको शासनमा रुन पनि पाइदैँन भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाईको नक्कल गर्दै प्रेस युनियन मोरङले प्रशासन अगाडि रोएर मिडिया काउन्सिलको बिरोध जनाएको हो ।
रुवाबासी गर्दै एक घण्टा भएको बिरोध कार्यक्रम प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष कुमार लुँइटेल, पत्रकार अनन्तराज न्यौपानेलगायत सहभागी थिए ।