सर्वाधिक खोजीमा रहेको डाँका काले गोली हानी पक्राउ
गुगलपाटी संवाददाता काठमाडौँप्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका डाँका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । कालेलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।
डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि कानुन अनुसार आत्मरक्षाको लागि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।
तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृंखलावद्ध चोरी र डकैती गरेको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका काले २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए। त्यसपछि पनि उनले फेरि चोरी, लुटपाट र डकैतीलाई नै पेशा बनाएर विभिन्न साता स्थानमा चारी गरेको प्रहरीको भनाई छ।