दश लाख दिए प्रम ओलीलाई मारिदिन्छु भन्ने तामाङ पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नका लागी कसैले आफुलाई दश लाख रुपैया दिए मारिदिन्छु भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले डिल्लीबजारबाट लालबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङ सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्चालन गर्दै आईरहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसमा दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने भन्दै प्रतिक्रिया दिएका थिए । एसएसपी थापाका अनुसार उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको छ ।
यस्तै प्रधानमन्त्री केपि शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।
नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।
टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्याउनेछ ।
मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर र राजमामार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने काम गर्ने टेलिकमको योजना छ ।
टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् ।
अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउनेछ । फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने भन्दै यूटीएलसँग गरिएको सम्झौता खारेज गरेको यूटीएलसँग खारेज गरेको थियो ।
यूटिएलसँग सम्झौता खारेज भए लगतै नेपाल टेलिकमलाई अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा दिएको हो । नेपाल सरकारले गरेको सम्झौता अनुसार यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो ।
टेलिकमले यो योजनाका लागि पाँचओटा कम्पनी छानेर सम्झौता गरेको छ । कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्नेछ । नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरको जिम्मा पाएको छ ।