कांग्रेसद्वारा छायाँ सरकार गठन, गगनले पाए गज्जवको जिम्मेवारी

गुगलपाटी संवाददाता काठमाडौं
६ जेष्ठ २०७६ ११:२८

प्रमुख विपक्षी दल नेपाली कांग्रेस कांग्रेसले कम्युनिस्ट सरकारको कामकारबाही र मन्त्री तथा मन्त्रालयहरूको अनुगमन गर्न मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका लागि मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेका हुन् ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय हेर्ने गरेर ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । समितिमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल सदस्य रहेका छन् ।

परराष्ट्र मन्त्रालयको संयोजकमा डा. नारायण खड्का, संयोजक तथा सदस्यहरूमा डा.अमेरशकुमार सिंह र दीव्यमणि राजभण्डारी रहेका छन् ।

अर्थ मन्त्रालयको संयोकमा डा.मीनेन्द्र रिजाललाई संयोजक तोकिएको छ । सदस्यहरूमा मीना पाण्डे र विनोदकुमार चौधरी रहेका छन् ।

गृह मन्त्रालयको संयोजकमा दिलेन्द्रप्रसाद वडू तथा सदस्यहरूमा रमेशजंग रायमाझी र महेन्द्रकुमारी लिम्वूलाई जिम्मेवारी तोकिएको छ ।

शहरी विकास मन्त्रालयको संयोजकमा उमाकान्त चौधरी, संयोजक तथा सदस्यहरूमा मीनाक्षी झा र रामबहादुर विष्टलाई तोकिएको छ ।

युवा तथा खेलकूद मन्त्रालयको संयोजकमा किशोरसिंह राठौर तथा सदस्यमा रंगमति शाही र दुर्गाप्रसाद उपाध्याय रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकमा मीनबहादुर विश्वकर्मा र सदस्यहरूमा विन्दादेवी आले राना तथा कर्मा घलेलाई जिम्मेवारी दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजकमा गगनकुमार थापा तथा सदस्यहरूमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी रहेका छन् ।

खानेपानी मन्त्रालयमा सुजाता परियारलाई संयोजक तथा मीना सुब्बा र नागेन्द्रकुमार राय सदस्य रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्याको संयोजकमा पार्वता डिसी चौधरी तथा सदस्यहरूमा सीताराम महतो र मोहन आचार्यलाई जिम्मेवारी दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकमा देवेन्द्रराज कण्डेल तथा सदस्यहरूमा प्रकाश स्नेही रसाइली र प्रमिला राई रहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकमा डा.डिला संग्रौला पन्त तथा सदस्यमा प्रकाश पन्थ रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमा संयोजकको जिम्मेवारी बहादुरसिंह लामाले पाएका छन् । समितिको सदस्यहरूमा सूर्यबहादुर केसी र विमला नेपाली रहेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको संयोजकमा लक्ष्मी परियार तथा सदस्यहरूमा प्रमोदकुमार यादव रस्मृतिनारायण चौधरी रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजकमा अतहर कमाल मुसलमान तथा सदस्यहरूमा तेजुलाल चौधरी र धनकुमारी खतिवडा रहेका छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयको संयोजकमा पद्मनारायण चौधरी र सदस्यहरूमा अनिता देवकोटा तथा सरवत आरा खानम हलुवाइनी रहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयोजकमा उमा रेग्मीलाई तोकिएको छ । सदस्यहरूमा लालकाजी गुरुङ र हीरा गुरुङ रहेका छन् ।

रक्षा मन्त्रालयको संयोजकमा भीमसेनदास प्रधान रहेका छन् । सदस्यमा अभिषेक प्रताप शाहलाई तोकिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकमा सञ्जयकुमार गौतम र सदस्यमा जीप छिरिङ लामा तथा देवप्रसाद तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ ।

वन तथा वातावरण मन्त्रालयको संयोजकको जिम्मेवारी राजेन्द्रकुमार केसीले पाएका छन् । सदस्यमा मुक्ताकुमारी यादवलाई नियुक्ति गरिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजकको जिम्मेवारी राधेश्याम अधिकारीले पाएको विज्ञप्तिमा उल्लेख छ ।

000

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि देहाय बमोजिमका मन्त्रालय स्तरीय समन्वय समिति गठन गर्नु भएको छ ।

१. उर्जा, जलस्रोत तथा सिंचाई

1. माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
2. माननीय सत्यनारायण खनाल
3. माननीय ज्ञानकुमारी छन्त्याल

२. परराष्ट्र मन्त्रालय

1. माननीय डा. नारायण खड्का, संयोजक
2. माननीय डा. अमेरश कुमार सिंह
3. माननीय दिव्यमणी राजभण्डारी

३. अर्थ मन्त्रालय

1. माननीय डा. मिनेन्द्र रिजाल, संयोजक
2. माननीय मीना पाण्डे
3. माननीय विनोद कुमार चौधरी

४. गृह मन्त्रालय

1. माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
2. माननीय रमेशजंग रायमाझी
3. माननीय महेन्द्र कुमारी लिम्वू

५. शहरी विकास मन्त्रालय

1. माननीय उमाकान्त चौधरी, संयोजक
2. माननीय मीनाक्षी झा
3. माननीय रामबहादुर विष्ट

६. युवा तथा खेलकूद मन्त्रालय

1. माननीय किशोर सिंह राठौर, संयोजक
2. माननीय रंगमति शाही
3. माननीय दुर्गा प्रसाद उपाध्याय

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

1. माननीय मीनबहादुर विश्वकर्मा, संयोजक
2. माननीय विन्दा देवी आले राना
3. माननीय कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

1 माननीय गगन कुमार थापा, संयोजक
2. माननीय उमेश श्रेष्ठ
3. माननीय नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय

1. माननीय सुजाता परियार, संयोजक
2. माननीय मिना सुब्बा
3. माननीय नागेन्द्र कुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या

1. माननीय पार्वता डि.सी. चौधरी, संयोजक
2. माननीय सीताराम महतो
3. माननीय मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

1. माननीय देवेन्द्रराज कण्डेल, संयोजक
2. माननीय प्रकाश स्नेही रसाइली
3. माननीय प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

1. माननीय डा. डिला संग्रौला पन्त, संयोजक
2. माननीय प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि

1. माननीय बहादुर सिंह लामा, संयोजक
2. माननीय सूर्यबहादुर केसी
3. माननीय विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

1. माननीय लक्ष्मी परियार , संयोजक
2. माननीय प्रमोद कुमार यादव
3. माननीय स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

1. माननीय अतहर कमाल मुसलमान, संयोजक
2. माननीय तेजुलाल चौधरी
3. माननीय धन कुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय

1. माननीय पद्म नारायण चौधरी, संयोजक
2. माननीय अनिता देवकोटा
3. माननीय सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

1. माननीय उमा रेग्मी , संयोजक
2. माननीय लालकाजी गुरुङ्ग
3. माननीय हिरा गुरुङ्ग

१८. रक्षा मन्त्रालय

1. माननीय भिसेनदास प्रधान, संयोजक
2. माननीय अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

1. माननीय सञ्जय कुमार गौतम, संयोजक
2. माननीय जीप छिरिङ लामा
3. माननीय देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय

1. माननीय राजेन्द्र कुमार के.सी., संयोजक
2. माननीय मुक्ता कुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

1. माननीय राधेश्याम अधिकारी, संयोजक

…………………
केशवराज जोशी
निजी सचिव
स्रोत : रिपब्लिकदैनिक