नयाँ आर्थिक वर्षको योजना बनाउन छलफ गर्दै राक्सिराङ
गुगलपाटी संवाददाता राक्सिराङचालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा प्रदेश सरकारहरुको बजेट २० प्रतिश पनि खर्च भएको छैन । धेरै गाउँपालिकाको पनि बजेट फ्रिज हुने गरेको छ ।
तर राक्सिराङ गाउँपालिकाले भने चालु आर्थिक वर्षको विकास र योजनाहरु सकाएर नयाँ आर्थिक वर्ष २०७६÷७७ को योजना तर्जुमामा जुटेको हो । गाउँपालिकाले सोमबार बन तथा वन वातावरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
गाउँपालिकाले नौं वटै वडाका ७७ वटा टोल विकास संस्थाका प्रतिनिधि र वडा सदस्यहरुसँग बन तथा वातारण सम्बन्धि गाउँपालिकाको काम र नयाँ योजनाको बारेमा छलफल गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
गाउँपालिकाका अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डूङ्ग, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वन तथा वातवरणको क्षेत्रमा क्रियाशील जनवकालत मंच नेपालका प्रतिनिधिहरु लगाएतका उपस्थिति रहेको थियो । जनवकालत मंच नेपालका प्रतिनिधि भोला भट्टराईले वन वातावरण, जैविक विविधता, सांस्कृतिक जस्ता पक्षहरुलाई ध्यान दिएर मात्र योजना छनोट गनुपर्ने बताए ।