मगर युवा संघ मकवानपुरको आयोजनामा एक हप्ते तालिम सुरु

गुगलपाटी संवाददाता हेटौँडा
६ जेष्ठ २०७६ १३:५७

नेपाल मगर युवा संघले गहुँको छवालीबाट हस्तकला सामग्री निर्माण सम्वन्धी तालिम सुरु गरेका छ । भीमफेदी गाउँपालिका वडा नंबर छ मा आयोजना भएको तालिमको एक सामारोह विच गाउँपालिका उपाध्यक्ष पार्वनी रानाले उद्घाटन गरेकी हुन् ।

तालिममा २० जनाको सहभागिता रहेको मगर युवासंघका अध्यक्ष सन्देश तुम्सीङ मगरलृ् बताए । सात दिने तालिमबाट प्रशिक्षण लिन आएका युवाहरुलाई आत्मनिर्भर बनाउन समेत पहल गरिने उनको भनाई रहेको छ ।

तालिममा गहुँको छवालीबाट विभिन्न हस्तकलाको सामग्री समेत निर्माण तथा प्रर्दशनी गरिने उनको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले युवाहरुलाई आत्मनिर्भर बनाउनको लागि तालिम आवश्यक रहेको बताईन् ।

सन्देश तुम्सीङ मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंबर ६ का वडा अध्यक्ष सिताराम थापामगर, मगर संघका सल्लाकार रञ्जित राना मगर, भीमफदी गाउँपालिका मगर संघ अध्यक्ष प्रकाश थापामगर लाएतको आतिथ्यता रहेको थियो ।