संसदसम्म पुग्यो पाँचथर हत्याकाण्ड : सत्यतथ्य जानकारी गराउन कांग्रेसको सरकारसँग माग
गुगलपाटी संवाददाता काठमाडौँप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाँउपालिकामा भएको हत्याकाण्डबारे सरकारको जवाफ माग गरेको छ ।
सोमबार राति मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको विषयमा सत्यतथ्य जानकारी गराउन कांग्रेसले सरकारसँग माग गरेको हो । प्रतिनिधिसभा बैठकको शून्य समयमा पूर्व गृहराज्यमन्त्री समेत रहेका देवेन्द्रराज कँडेल, सचेतक पुष्पा भुसालले घटनाबारे जानकारी गराउन माग गरेका हुन् ।
सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएका प्रहरीले जनाएको छ । सांसदहरुले घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउन र घाइतेको उपचार गर्न माग गरेका छन् ।
घटनापछि प्रहरीले अनुसन्धान थालेको र केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि घटनास्थल पठाएको छ ।