पुर्व कानुन मन्त्री लामा प्रदेश ३ सांसदको दर्शक

गुगलपाटी संवाददाता हेटौंडा
७ जेष्ठ २०७६ ११:२६

 ३ नम्बर प्रदेश सभाको वैठकमा आज पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ देखिएका छन् । मंगलबार प्रदेश सभाको वैठकको दर्शक दिर्घामा पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ बसेका थिए । संसदमा अतिथि कक्ष/दिर्घा नहुँदा उनी दर्शक दिर्घामा बसेका हुन् ।

संसद वैठक पछि बाहिर निस्किएका नेकपाका नेता लामाले संसदीय अभ्यास ठिक भएपनि हलको उचित व्यवस्था नभएको टिप्पणी गरेका थिए । उनले संघिय संसदको पनि आफ्नै हल नभएको भन्दै प्रदेशको स्थायी राजधानी चाँढै टुङ्गो लगाएर संसद भवनको उचित व्यवस्थापन गर्नु पर्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया