फेला परेको बेवारिसे शवको पहिचान भयो , चारजना पक्राउ

गुगलपाटी संवाददाता बुटवल
७ जेष्ठ २०७६ १२:४१

आज दिउँसो रुपन्देहीको सालझण्डी जंगलमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । शव पहिचानसँगै उनलाई कसैले हत्या गरि फालेको समेत रुपन्देही प्रहरीले खुलसा गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका ६ मंगलापुरका २८ वर्षीय चिरञ्जीवि आचार्यको हत्या भएको हो । आचार्यलाई टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको खुलेको छ’ एसपी थापाले भने,‘हामीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं । बढी शंका गरिएको एकजना भने फरार छ ।’

थापाका अनुसार उनी काठमाडौंतिर भेटेनरीमा काम गर्ने गरेको र एक हप्ताअघि मात्र बुटवलतिर फर्किएका थिए । मंगलापुरस्थित घरमा भने नगएको पाइएको छ ।

उनको शव आज दिउँसो पौने १२ बजेतिर सैनामैना नगरपालिका–१० को सालझण्डी सामुदायिक वनमा स्थानीयले देखेर खबर गरेपछि सालझण्डी ईलाका प्रहरी कार्यालयको टोली अनुसन्धानका लागि खटिएको थियो ।

तपाईको प्रतिक्रिया