हेटौंडाबाटै स्मार्ट लाइसेन्स वितरण सुरु
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट नै लाईसेन्स नविकरण तथा दर्ता सुरु भएको छ । हेटौँडा–११ थानाभर्याङमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण सुरु भएको हो ।
आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेर सेवाको सुरु गरेका हुन् । स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गर्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रमा सुधार गर्ने बताएका छन् ।
पौडेलले यातायात क्षेत्रको विकृती बारे सबैलाई चिन्ता रहेको भन्दैसमाधान गर्न प्रदेश सरकार लागि परेको बताएका हुन् । जनशक्ती अभावमा काम गरेता पनि प्रदेश सरकारले काममा तिव्रता बनाएको उनले दाबी गरेका छन् ।