खनालको संयोजकत्वमा बेपत्ता परिवार समाज गठन

गुगलपाटी संवाददाता गोरखा,१२ बैशाख
१२ बैशाख २०७५ ०७:१०

गोरखा जिल्लाको अजिरकोट गाउँपालिमामा बेपत्ता तथा शहिद परिवार समाज गठन भएको छ ।
पत्रकार कृष्णउदास खनाल संयोजक रहने गरी उक्त समाज गठन गरिएको हो । माओवादीले संचालन गरेको जनयुद्धका नाउमा सेनाद्वारा बेपत्ता पारिएका ब्यक्ति र मारिएका ब्यक्तिका परिवारहरु यसरी संगठति भएका हुन् । २०५८ सालमा कृष्णउदास खनालका पिता चन्द्र प्रसाद खनाल सहित स्थानीय भरत अधिकारी,मावध अधिकारी र बुद्धिबल बिक सहित अजिरकोटकै रामश्री तामांगलाई बेपत्ता बनाइपछि उनीहरुका परिवारका सदस्यहरु संगठित भएका हुन् ।
समाजको सदस्यहरुमा राजन अधिकारी,सुदन अकिारी,अनिल बिक,हिमाल तांमांग,कान्छा गुरुंग लगायत सदस्य रहेका छन् । समाजले बेपत्ता ब्यक्तिहरुको अवस्था खोजबिनका लागि माओवादी र सरकारी स्तरबाट कुनै प्रयास नभएको भन्दै अब अन्तराष्ट्रिय अदालतमा दोषीहरु बिरुद्ध मुद्दा दिने निर्णय गरेको छ । आफ्ना अभिभावकहरु बेपत्ता बनाउनेहरु अझै राज्यको निकायमा रहेको भन्दै उनीहरुलाई त्काल बर्खास्त गरी मुलुकी ऐन अनुसार कारवाही गर्न माग गरेका छन् ।