भ्रष्टाचार सडकमा उत्रियो तरुणदल, ३५ किमि यात्रा
गुगलपाटी संवाददाता स्याङ्जानेपाल तरुणदल स्याङ्जाले भ्रष्टाचार विरुद्ध ३५ किलोमिटर मोटरसाइकल -याली गरेर विरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल र सरकारले गरेको भ्रष्टाचारविरुद्ध तरुणदल स्याङ्जाले मोटरसाइकल र्याली गरेर विरोध जनाएको हो ।
तरुणदल स्याङ्जाले वालिङ मोडबाट शुरु गरेको मोटरसाईकल -याली स्याङ्जा सदरमुकाममा पुगेको थियो । -यालीको उदघाटन र कोणसभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले अधिनायकवाद लादेर सरकार भ्रष्टाचार गर्नमा तल्लिन हुन थालेको आरोप लगाए । कांग्रेसले शुरु गरेको गाँउ जनजागरण अभियानसंगै पार्टीका भातृ संगठनहरुले पनि सरकारले गरेको भष्ट्रचार, महङ्गी, हत्याहिंसा विरुद्ध चर्को आवाज उठाउने अभियान रहेको भट्टराईले बताए ।
ठुला ठुला भ्रष्टाचार गर्ने सत्तारुढ दलका नेता तथा कार्यकर्तालाई संरक्षण गर्दै सरकारले भ्रष्टाचारलाई शुन्यमा झार्ने नारा मात्रै भएको भट्टराईले बताए । कांग्रेसको गाउँ जागरण अभियानमा स्याङ्जा खटिएका केन्द्रिय सदस्य भट्टराईले पार्टीका भातृसंगठन र शुभेच्छुक संस्थाहरुसंग अन्तरक्रिया गर्दै आएको जानकारी दिए ।
पछिल्लो समय सरकारले मिडिया काउन्सिल विद्येयक संसदमा दर्ता गर्न लागेको प्रति आक्रमक हुदै नेता भट्टराईलाई जनताको सुचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजीको आरोप लगाए । गाउँजागरण अभियानले काँग्रेसका कार्यकर्तामा उत्साहा थपिएको बताउदै सरकारले गरेका कर्तुतको पर्दाफास गर्न र पार्टीले अख्तियार गरेको रणनीतिलाई गाउँ-टोल सम्म पु-याउन भट्टराईले आग्रह गरे ।
कोणसभामा गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठ, नेपाली काँग्रेसका कार्यबहाक सभापति कुमार राना, महिला नेतृ तथा महासमिति सदस्य हिरादेवी शर्मा, सचिव चन्द्र राना लगायतका बक्ताले कम्युनिष्ट सरकारले नेपाली जनतालाई आशा लाग्ने खालका काम नगरेको आरोप लगाएका थिए । सरकारले भ्रष्टाचार र सरकारी सम्पती हडप्नेलाई कारवाहि नगरेसम्म सडक आन्दोलन जारी रहने चेतावनी दिए । मोटर साकइृकल -यालीमा जिल्ला भरका दुई सय तरुण युवाहरुको सहभागीता रहेको थियो । सरकार विरुद्धको विरोध यो यात्रा सांकेतिक मात्रै भएपनि तरुणदल स्याङ्जाले सरकार विरुद्ध भिन्न, भिन्न खालका विरोध कार्यक्रम गर्ने जनाएको छ ।