प्रदेशको नाम नेवा : ताम्सालिङ माग गर्दै संसदमा प्रस्ताव दर्ता
गुगलपाटी संवाददाता हेटौंडा ३ नम्बर प्रदेशको नाम नेवा : ताम्सालिङ माग गर्दै ३ नम्बर प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा सदस्य ओम बहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेश सभा सदस्यहरु प्रेम बहादुर तामाङ, सीता अधिकारी र रत्न ढकालको समर्थनमा प्रस्ताव दर्ता भएको हो ।
यस अघि ३ नम्बर प्रदेशको नाम गौरीशंकर राख्नु पर्ने भन्दै प्रदेश सभा सदस्य विशाल खड्काले प्रस्ताव दर्ता गरिसकेका छन् । प्रदेश ३ को नाममा बाग्मती, नेपाल मण्डल,पाशुपत लगायतको नाम चर्चामा छ ।