भर्नाका पक्षमा कुरितीका बिपक्षमा अभियान
गुगलपाटी संवाददाता मकवानपुर,१२ बैशाखमकवानपुरको हेटौंडा उपमहानगरपालिकाको बिभिन्न स्थानमा बुधबार बिदालय भर्ना अभियान संचालन गरिएको छ । शिक्षाको पहुंचबाट कोही अलग हुन नपरोस् भन्ने उद्देश्यका साथ सो अभियान संचालन गरिएको हो । सामुदायिक सेवा केन्द्र मकवानपुर तथासामुदायिक प्रहरी सेवा केन्द्र पशुपति नगर उप(समिति ,ईलाका प्रहरी कार्यालय पशुपति नगर द्रुारा संचालित कार्यक्रममा बिद्यालयमा बालबालिका भर्नाका लागि प्रेरित गराइएको थियो ।
अभियानका क्रममा बाल श्रम न्यूनिकरण गरी बालबालिकाहरुको अधिकारको संरक्षण गरिनुपर्ने,।उनीहरुलाई बिद्यालयसम्म पु¥याइनु पर्ने लगायतका बिषयमा जोड दिइएको थियो । बिभिन्न सामाजिक कुरितीहरुका बिषयमा पनि सो अवसरमा स्थानीयहरुलाई जानकारी गराइएको समुदायिक सेवा केन्द्रका अध्यक्ष राम बिष्टले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाको चेपांग बस्ती लगायतका बिभिन्न स्थानहरुमा सो अभियान संचालन गरिएको हो ।