तरुणदलद्वारा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन

गुगलपाटी संवाददाता काठमाडौं
१० जेष्ठ २०७६ ०६:२१

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ।

पार्टीले घोषणा गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत नै विभिन्न ठाउँमा आयोजित कार्यक्रममा तरुण दलले भ्रष्टाचारविरुद्ध अभियान चलाएको छ।

शुक्रबार बाँकेको कोहलपुरमा तरुण दलले भण्डाफोर कार्यक्रम गरेको छ। कार्यक्रममा महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्ट रहेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टचारको संरक्षण गरेको पनि उनले आरोप लगाए।