खाना अपच भएपछि सिंगापुर उडे देउवा !

गुगलपाटी संवाददाता काठमाडौं
१० जेष्ठ २०७६ ०८:३९

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् ।

लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन् । देउवासँग पत्नी आरजु राणा पनि गएकी छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन् ।

खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार नै देउवा सिंगापुर गएका हुन् । देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।