ब्रिटेनकी प्रधानमन्त्री टेरिजाले रुदै गरिन् पदबाट राजिनामा दिने घोषणा
गुगलपाटी संवाददाता एजेन्सीब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजिनामा दिने घोषणा गरेकी छन्।
उनले जुन ७ मा कन्जर्भेटिव पार्टीको नेतृत्वबाट राजिनामा दिनेछिन् तर उत्तराधिकारी नछानिँदासम्म प्रधानमन्त्री पदमा कायम रहनेछिन्।
टेरिजा मेले डाउनिङ स्टीटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिस गरेको बताइन्। उनले ब्रेक्जिटमा सफल हुन नसकेकोमा दुख लागेको बताइन्।
उनले ब्रेक्जिटको लागि समर्थन जुटाउन आफूले पूरा कोशिस गरेको तर अब नयाँ प्रधामन्त्रीले यसलाई अगाडी बढाउनु नै देशको हितमा हुने बताइन्।
राजिनामा घोषणाको क्रममा उनी भावुक भएर रोएकी थिइन्। उनले प्रधानमन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो जिवनको सवैभन्दा गर्वको कुरा भएको बताईन्। उनले भनिन्,‘म दोस्रो महिला प्रधानमन्त्री हुँ तर अन्तिम होइन।’
उनले कन्जर्भेटिव पार्टीको नेतृत्व छोडेसँगै उनको उत्तराधिकारी छान्ने प्रकृया सुरु हुनेछ।