राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हेटौंडामा सुरु

गुगलपाटी संवाददाता
१० जेष्ठ २०७६ १४:४०

हेटौँडा मकवानपुरको हेटौँडामा  शुक्रवार देखि राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ । प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति कृष्ण दहालको प्रमुख आतिथ्यमा सुरु भएको  हो ।

आज भएको खेलमा  ६० केजि मुनी तौलमा मकवानपुरका विनोद थापा, स्याङ्जाका विक्की गुप्ता, काठमाण्डौँका तेन्जीङ केप्चे कार्की, रुपन्देहिका थमप्रसाद खड्का, ललितपुरका सरोज तामाङ, काठमाण्डौँका राजेन्द्र तामाङ, दावा लो, सन्तोष कुमार लामा, राजेश लामा, उत्तमलाल वाईवा, रुपन्देहीका सुरेन्द्र सुनार, पर्साका प्रिन्सकुमार यादव, कास्कीका राजेन्द्र थापामगर, काभ्रेका सुरज तामाङ र ललितपुरका महेशकुमार भुजेल विजयी भएका छन् ।

       त्यसैगरि ५५ केजि माथि महिला तर्फ नवलपुरकी विमला रुम्बा, झलकुमारी महत्तो ललितपुरकी सुनिता राई, स्याङजाकी सपना मगर, रोषनी गोतामे, मकवानपुरकी रविना लामा, निर्मला लो, काठमाण्डौकी निशा बोहरा चयन भएका छन् ।  प्रतियोगिता अन्र्तगत पुरुष तर्फ ६० किलो माथि को पहिलो चरणको प्रतियोगिता भोली हुने प्रशिक्षक बुद्धिनाथ न्यौपानेले बताए ।

      प्रतियोगिताको प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा दोश्रो तथा तेश्रो हुनेले क्रमश १५ तथा १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने ,त्यसैगरी बेष्ट फाईटरले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शिव नारायण श्रेष्ठले वताए ।


२० वर्ष पछि जिल्लामा हुन लागेको राष्ट्रिय पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितालाई सफल बनाउनका लागि  मकवानपुरबासी सबैलाई नि : शुल्क खेलको अवलोकन गरि मनोरञ्जन लिन आग्रह आयोजक संघका अध्यक्ष सुर्दशन खतिवडाले आग्रह  गरेका छन् ।कार्यक्रममा देश भरका १८० भन्दा वढी खेलाडीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संघका अध्यक्ष कमल बरालको अध्यक्षतामा तथा पाकोका अध्यक्ष सुदर्शन खतिवडाको सहकार्यमा भएको हो ।