सुमितको उत्कृष्ट प्रर्दशनमा प्रदेश ३ लाई विशाल लक्ष्य

गुगलपाटी संवाददाता
११ जेष्ठ २०७६ ०७:२२

काठमाडौंः युवा खेलाडी सुमित महर्जनले उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई २ सय ८९ रनको लक्ष्य दिएको छ ।

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनायो । एपीएफलाई बलियो योगफल सम्म पुर्याउन युवा खेलाडी सुमित महर्जनले ९४ रनको उत्कृष्ट इनिङ खेले । कप्तान पारस खड्काको ४० ओभरको अन्तिम बलमा दुई रन लिने क्रममा सोनु देवकोटाले रन आउट गराएपछि सुमित शतक बनाउन ६ रनले चुक्न पुगेका हुन् । रन आउट हुनु अघि उनले १ सय ३ बलमा ६ छक्का र ५ चौका प्रहार गरे ।

तल्लोक्रममा अंमर सिंह राउटेलाले १८ बलमा समान २ छक्का र चौका प्रहार गर्दै आक्रमक २७ रनमा अविजजित रहे । अभिनास बोहोरा ५ रनमा नट आउट रहे । पृथु बास्कोटा ५९ रनमा क्याच आउट भए । उनले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरीले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । २५ ओभरको चौथो बलमा नन्दन यादवको बलमा ठूलो शट खेल्ने धुनमा प्रदीप क्याच आउट हुन पुगे । शरद भेषवाकर १२,आशिफ शेख ७,शंकर राना १,सन्दीप जोरा ६ र भुवन कार्की १५ रनमा आउट भए ।

ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका शरदलाई कप्तान पारस खड्काले दोस्रो ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरीबाट क्याच गराउनु अघि उनले ९ बलमा २ चौका प्रहार गरे । प्रदेश ३ का नन्दन यादवले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ३ विकेट लिए । जितेन्द्र सिंह ठकुरीले ५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिदा पारस खड्का र सुर्य तामाङको नाममा समान १ विकेट रह्यो । स्रोतः हाम्रो खेलकुद